आजदेखि पोखरा बसपार्क क्षेत्रका सडक छेउमा पार्किङ गर्न नपाइने

पाेखरा | साउन ७, २०८०

आजदेखि पोखरा बसपार्क क्षेत्रका सडक छेउमा पार्किङ गर्न नपाइने

पोखरा महानगरपालिकाले आजदेखि पोखरा बसपार्क क्षेत्रका सडक छेउमा पार्किङ निषेध गरेको छ ।

 

पृथ्वी चोकदेखि सेती पुलसम्मका सडक छेउमा पार्किङ निषेध गरेको महानगरपालिकाले जनाएको छ।

 

जिल्ला सुरक्षा समितिको बैठकले गरेको निर्णय अनुसार पार्किङ निषेध गरेको महानगरको यातायात व्यवस्थापन समितिका उपाध्यक्षसमेत रहेका पोखरा–१६ का वडाध्यक्ष अमृत तिमिल्सिनाले जानकारी दिनुभयो ।

 

बसपार्क भित्र भोलिदेखि दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे समेत गरी कम्तीमा एक सय ५० वटा गाडी पार्किङ गर्न सकिने गरी व्यवस्था मिलाइएको पनि उहाँले बताउनुभयो ।

 

अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ।   संघीय उड्डयन प्रशासन (एफएए) ले...

थप पढ्नुहोस्

म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ।   वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्‍यो।   दोस्रो हाफको सुरुवाती चार म...

थप पढ्नुहोस्

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्